सम्भव होला ५ वर्षमा गरिबी दर १३ प्रतिशतमा झार्न ?

100

छिनछिन खबर
काठमाडौं –१५ औं योजनाको अन्त्यसम्म गरिबी १३ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ । १७ प्रतिशत गरिबीलाई आर्थिक वर्ष २०८०÷८१ सम्म चार प्रतिशतले घटाएर १३ प्रतिशतमा सीमित गर्ने गरी योजनाको खाका तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए ।

उक्त जानकारीसँगै के पाँच वर्षमा गरिबीलाई १३ प्रतिशतमा झार्न सम्भव छ त भन्ने चर्चा पनि चुलिएको हो । १४ औ योजनको सुरुमा नेपालमा गरिवीको रेखामुनि रहेको जनसख्या २१.६ प्रतिशत थियो भने गत आर्थिक वर्ष यस्तो गरिबी १८.७ प्रतिशतमा झरेको थियो ।

गत आर्थिक वर्षमा बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ प्रतिशत थियो । १५ औं योजनाको अन्त्यसम्म १४ यस्तो गरिबीको संख्या १४ प्रतिशतमा सीमित गर्ने सरकारी लक्ष्य छ । सरकारले यदि गरिबी घटाउन चाहेको हो भने आर्थिक क्रियाकलापलाई वृद्धि गर्दै लैजानु पर्ने विज्ञहरुको ठहर छ । १५ औं योजनाको अन्त्यसम्म नेपालको आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुग्ने १५ औं योजनाको आधारपत्रमा उल्लेख गरिएको छ । यो वृद्धिदर भनेको औद्योगिक राष्ट्रको स्तरको उच्च वृद्धिदर हो ।

प्रतिव्यक्ति आय गत आवको १२ हजार एक सय अमेरिकी डलरबाट बढेर १५ औं योजनाको अन्त्यसम्म एक हजार ६ सय डलर पुग्ने सरकारी अधिकारी बताउँछन् । तर, सरकारी अधिकारीहरुले जसरी आर्थिक वृद्धिदर र गरिबी घटाउने लक्ष्य राखेका छन्, त्यसरी नै आर्थिक क्रियाकलाप र विकास निर्माण भने हुन सकेको छैन ।

Womui
Womui