हावाहुरी प्रभावितलाई राजपाको पाँच लाख सहयोग

40

छिनछिन खबर
काठमाडौँ–राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा हावाहुरी प्रभावितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरुप पाँच लाख उपलब्ध गराउने निर्णय गरेको बताए ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरिएको छ । साथै राहत सहयोग सङ्कलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ । प्राकृतिक विपत्को अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गरिएको छ ।
Womui
Womui