हावाहुरी प्रभावित क्षेत्रमा कांग्रेस सांसदले दुई दिनको तलब दिने

37

छिनछिन खबर
काठमाडौं– हावाहुरी प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना सांसदको दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ । यसअघि सत्तारुढ नेकपाले आफ्ना सांसदको एक दिनको तलब सहयोग गर्ने जनाएको थियो ।

त्यस्तै कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोग गर्न बिमलेन्द्र निधिलाई फिल्डमा खटाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता, कायकर्तालाई रक्तदानदेखि श्रमदानसम्म पीडितलाई दिन निर्देशन दिएका छन् ।

Womui
Womui