सन्दिप लामिछानेले पछि पारे अफ्रिदी र रासिद खानलाई

42

एजेन्सी
काठमाडौं–नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दिप लामिछाने सन् २०१९ को बर्ष टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिन बलर बनेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाबविरुद्ध २ विकेट लिएपछि सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।

दिल्ली क्यापिटल्समा आवद्ध सन्दिपले किङ्गस इलाभेन पन्जाबविरुद्ध २ विकेट लिएपछि उक्त कीर्तिमान बनाएका हुन् । पन्जाबविरुद्धको २ विकेटसंगै सन्दिपले सन् २०१९ मा २७ विकेट लिन सफल भएका छन् । सन्दिपले विभिन्न राष्ट्रको लिगमा गरी २७ विकेट हात पारेका हुन् । गत सिजनको आइपिएलमा डेब्यु गरेपछि व्यस्त रहेका सन्दिपले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बंगालदेश प्रिमियर लिग खेलेका थिए ।

सन् २०१९ को क्रिकेटमा सर्वा्धिक विकेट लिने खेलाडी बन्ने क्रममा सन्दिपले पाकिस्तानका साहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगालदेशका शाकिब अल हसनलाई पछि पारेका छन् । दोस्रो स्थानमा रहेका अफ्रिदीले २६ विकेट लिएका छन् भने राशिदले २५ विकेट लिएका छन् । हसनले २४ विकेट लिएका छन् ।

Womui
Womui