लगानी सम्मेलनका लागि ६ हजार सुरक्षाकर्मी परिचालन

81

छिनछिन खबर
काठमाडौं– चैत्र १५ र १६ गते हुन गइरहेको लगानी सम्मेलनका लागि सरकारले ६ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ । सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति सहभागी हुने तय भएको छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनलाई प्रभाव पार्ने गतिविधि हुन नदिन सरकारले प्रतिबन्धित नेकपाका कार्यकर्तामाथि निगरानी पनि बढाएको छ । गृह मन्त्रालयका अनुसार सम्मेलन सुरक्षाकै लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र सम्मेलनस्थल सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना गरिएको छ । सम्मेलन स्थललगायत केही ठाउँमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ ।

बाँकी स्थानमा आपसी समन्वयका आधारमा प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सम्मेलनमा आउने पाहुनाका लागि सोल्टीसहित कुपन्डोलको हिमालय, गौशालाको द्वारिकाज, बौद्धको हायात, दरबारमार्ग्स्थित अन्नपूर्णलगायतका होटलमा व्यवस्थापन गरेको छ ।

Womui
Womui