दुई नम्बर प्रदेशमा फेरि बाहिरियो एसइईको प्रश्नपत्र

44

छिनछिन खबर
काठमाडौं– प्रदेश नम्बर दुईमा पुनः एसइई परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार हुन लागेको सामाजिक विषयको प्रश्न पत्र परीक्षा सुरु नहुँदै बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थिगित भएको छ ।

यसअघि विज्ञान विषयको पनि प्रश्नपत्र बाहिरिँदा परीक्षा स्थगित भएको थियो । प्रश्नपत्र पहिले नै सार्वजनिक गर्नुमा ‘ठूलै गिरोह’ भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीसँग भएका सबै प्रश्नपत्र सुरक्षित भएको भए पनि कहाँबाट भयो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सामाजिक विषयमा प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल र पसलहरुमा छ्याप्छ्याप्ती पारिएको थियो । परीक्षा स्थिगित भएपछि विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

Womui
Womui