समाचार लेखेको विषयमा पत्रकार खत्रीलाई धम्की

57

बाँके (राप्तीसोनारी), चैत ९-
राप्तीसोनारी गाउँपालिकाबाट प्रकाशित हुदै आएको हाइवे पोष्ट दैनिकका प्रकाशक/सम्पादक खड्क खत्रीलाई एक समुहले समाचारको विषयलाई लिएर धम्की दिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर ३ स्थित सरस्वती माध्यामिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा समाचार संकलन गर्न पुगेको अवस्थामा बैजापुर निवासी विश्वसागर परियारसहित युवाको एक समुहले घेराबन्दी गरी समाचार किन लेखेको ? भन्दै धम्की दिएको पीडितले बताएका छन् ।

पत्रकार खत्रीले गत फागुन १७ गते हाइवे पोष्ट दैनिकमा भुवर भवानी सामुदायिक वन भित्रको आर्थिक अनियमितताबारे समाचार प्रकाशित गरेका थिए । वन समुहका उपाध्यक्ष समेत रहेका परियारले गुण्डागर्दी शैलीमा आफुलाई धम्की दिएको भन्दै पत्रकार खत्रीको भनाई छ । विद्यालयको कार्यक्रममा पत्रकार आएको जानकारी पाएपछि परियारकै नेतृत्वमा रहेको युवाको समुहले खत्रीमाथी दुब्र्यवहार गरेको बताइएको छ । ‘मोटरसाईकल चलाएर फर्कदै गर्दा मलाई उनीहरुले घेराबन्दी गरेर समाचार किन लेखेको भन्दै धम्की दिए र उल्टै सार्वजनिक रुपमा माफी माग्नुपर्ने अडान लिए,’ खत्रीले भने ‘समाचारमा चित्त नबुझेको भए समयमै खण्डन गर्नुपथ्र्यो वा कानुनी बाटो अवलम्वन गर्नुपथ्र्यो भनेर मैले भन्दा उनीहरुले उल्टै थर्काए ।’

वन समुहभित्र भएको आर्थिक अनियमितताबारे पत्रिकाले सत्य, तथ्य कुरा प्रकाशन गर्दा धम्की आउनु दुःखत कुरा भएको सम्पादक खत्रीले बताएका छन् । परियारले समाचार लेखेको विषयमा के गर्नुपर्छ आफुलाई थाहा भएको भन्दै चेतावनी पनि दिएका छन् । पत्रकार खत्रीले घेराबन्दी गरेर आफुलाई धम्की दिइएको भन्दै असुरक्षा महसुस गरिरहेको बताएका छन् ।

Womui
Womui