कोरिया भाषा परीक्षाको आवेदन खुला, कहिलेसम्म भर्न पाइन्छ फारम ?

231

छिनछिन खबर
काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि कोरिया जान लिइने भाषा परीक्षाको आवेदन खुला गरिएको छ । शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको हो ।

 


परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । काठमाडौं र पोखरामा परीक्षा दिन पाइनेछ । पोखरा केन्द्रको हकमा भने सुरुमा फारम भर्ने १२ हजारले मात्र आवेदन दिन सक्नेछन् ।

आवेदकले फाराम भर्दा राहदानीमा फोटो भएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गनै शाखाले भनेको छ । भाषा परीक्षामा सहभागी हुन १८ वर्ष उमेर पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्छ । फारभ भर्ने अन्तिम मिति चैत १७ गतेसम्म तोकिएको छ । कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन गरिनेछ । यसपटक कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटामा केही वृद्धि गरेको छ ।

सन् २०२० मा जान पाउने गरी कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत ८ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।

Womui
Womui