लिलामी सेयरमा काठमाडौं बाहिरबाट पनि आवेदन दिन सकिने

103

छिनछिन खबर
काठमाडौं– राजधानी बाहिर बसेर अबदेखि लिलामीमा रहेको सेयर खरिद गर्न पाइने भएको छ । धितोपत्र बोर्डले राजधानी बाहिरका मुख्य सहरबाट लिलामी रहेका सेयर खरिद प्रकृयामा आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।


धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशन पश्चात बिक्री नभएको सेयरको लिलामी प्रकृयामा रहेको सेयर काठमाडौं बाहिरबाटआवेदन दिन मिल्ने व्यवस्था गरेको हो । बोर्डले प्रादेशिक संरचना तथा आर्थिक रुपमा सकृय रहेका सहरबाट आवेदन दिन मिल्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले उपत्यका बाहिरका साटवटै प्रदेशबाट आवेदन दिन मिल्ने व्यवस्था मिलाएको हो ।

सातै प्रदेशबाट यस्तो सेयरमा आवेदन दिन मिल्ने व्यवस्था गर्न व्यवस्था गर्न मर्चेन्ट बैंकरहरुलाई परिपत्र गरिएको बोर्डले जनाएको छ । यसले गर्दा हकप्रद निष्काशन पश्चात बिक्री नभएको सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहजै सहभागीता जनाउने पाउने छन् ।

Womui
Womui