झुठो समाचार सम्प्रेषण गर्ने पत्रकार पक्राउ

93

छिनछिन खबर
काठमाडौं,चैत ७ । काठमाडौं जिल्लाका १० ठाउँमा बम विस्फोट भनी भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन्।

कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका ६ बस्ने अनलाईन आवाज डटकमका पत्रकार गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो।बुधबार रुपन्देहीबाट पक्राउ परेका खनाललाई साइबर अपराध अन्तर्गत कारबाहीका लागि मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ।खनालका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Womui
Womui