सरकारले जनचाहना अनुसार काम गरेन, मन्त्रीको हेरफेर गर्ने बेला भइसक्योः वरिष्ठ नेता नेपाल

27

छिनछिन खबर
काठमाडौं– सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्ष वितेकोले मन्त्रीहरूको कामको मुल्याङकन आधारमा हेरफेर गर्ने बेला आइसकेको बताएका छन् । काठमाडौंको संचारकर्मीले राखेको जिज्ञासामा नेपालले मन्त्रीहरूको कामको मुल्याङकन गरेर हेरफेर गर्नुपर्ने बताएका हुन् ।

‘काम गर्न नसकेका मन्त्रीहरूको स्थानमा नयाँ अनुहार ल्याउनु पर्छ,’ नेता नेपालले भने । वरिष्ठ नेता नेपालले पार्टी एकताको काममा ढिला भएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि तुरुन्त सक्नुपर्ने धारणा राखे । पार्टीमा छलफल गर्ने र विधि र पद्धति अनुसार संचालन गर्ने परिपाटी कम भएको छ यो राम्रो होइन यस्ले पार्टीलाई क्षति गर्छ भन्दै नेता नेपालले अध्यक्षद्वयको ध्यानाकर्षण गराए । जनताले सरकारबाट डेलिभरि चाहेको तर सरकारले जनचाहना अनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

Womui
Womui