काभ्रेमा प्रहरी–विप्लव माओवादी गोली हानाहान, ४ कमाण्डर पक्राउ

100

छिनछिन खबर
काठमाडौं– काभ्रेमा प्रहरी र विप्लव माओवादीका कार्यकर्ताबीच गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिकास्थित काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएको हो ।

गोली हानाहानपछि प्रहरीले विप्लवका ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेकपालाई केही दिनअघि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । विप्लव समूहमध्यका कमाण्डर पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।काभ्रेमा मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ ।
Womui
Womui