प्रचण्ड अमेरिका प्रस्थान, अमेरिकी सरकारका प्रतिनिधिसँग भेट्ने

41

छिनछिन खबर
काठमाडौं–सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका प्रस्थान गरेका छन् । प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी नामक रोगबाट पीडित पत्नी सीताको उपचारका लागि उनी अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिका प्रस्थान गर्नुअघि प्रचण्डले पत्नी सीताको रोगबा।े भने, ‘पहिले त पार्किन्सन भन्ने थियो तर त्यसको पनि विशेष प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) विमार भन्ने हुँदो रहेछ’ उनले भने, ‘प्रोग्रेसिभ भनेपछि छिटछिटो विमार बढेर जाने रहेछ । त्यो अलिक कम्प्लिकेडेट रहेछ ।’

 


पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको भएपनि प्रचण्डको अमेरिकी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । उनले अमेरिकी अधिकारीहरुसँगको भेटमा नेपाल–अमेरिका सम्बन्धका बारेमा छलफल हुने बताए ।‘ भर्ना गरेर गर्नुपर्ने खालको उपचार नभएकाले आफू सकेसम्म छिटो अमेरिकाबाट फर्कने पनि उनले बताए । ‘विभिन्न चेकिङ गर्ने, थेरापी वा औषधोपचार गरेर सकेसम्म छिटो फर्कनेछु ।

Womui
Womui