वडाअध्यक्ष गुप्ताद्धारा महिलामाथी हातपात, महिला सेलमै पुगेर माफी मागे

114

नेपालगन्ज, चैत ३-
जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले महिलामाथी हातपात गरेका छन् । उनले वडा नम्बर २ बेलभार निवासी सकुन्तला दर्जीलाई दुई दिनअघि हातपात गरेको घटना सार्वजनिक भएको हो । गाउँमा भएको सामान्य विषयमा वडाअध्यक्ष गुप्ताले गुण्डागर्दी शैलीमा महिलामाथी हातपात गरेका थिए ।

महिलाले आफु वडाअध्यक्षबाटै अन्यायमा परेको भन्दै प्रहरीमा उजुरी गरेकी थिईन् । जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलले वडाअध्यक्ष गुप्ता र पीडित दर्जीबीचको विवाद मिलाईसकेको बताइएको छ । वडाअध्यक्ष गुप्ताले दवाव दिएर उनलाई मिलापत्र गर्न बाध्य पारेको पीडितले गुनासो गरेकी छन् ।

महिला सेलमा वडाअध्यक्ष गुप्ताले आफ्नो गल्ती स्वीकार गर्दै दुबै हात जोडेर माफी मागेको नेपाल तरुण दल क्षेत्र नम्बर ३ का कार्यबाहक अध्यक्ष रामचन्द्र गुप्ताले जानकारी दिए । वडाअध्यक्ष गुप्ता स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादीबाट निर्वाचित भएका थिए ।

Womui
Womui