घुस लिने असइविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

54

छिनछिन खबर
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगममा प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अधिकारी आयोगकै सुर्खेत कार्यालयमा कार्यरत थिए ।

 


अधिकारीलाई दुई आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । आयोगमा अनुसन्धान जारी रहेको मुद्दा तामेलीमा राखिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो । असइ अधिकारीले आयोगमा विचाराधीन अवस्थामा रहेको सेवाग्राहीविरुद्ध सडक ग्राभेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजूरी कारबाही प्रक्रिया सहजीकरण गरी दिने भनी घुस लिएका थिए ।

अधिकारीविरुद्ध चार महिनादेखि ६ महिनासम्म कैद र विगो रकम जफतको माग दाबी गरिएको छ । उनले चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षकविरुद्ध आयोगमा परेको शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरीमा पनि घुस लिएको अख्तियारको भनाइ छ । अधिकारीले ती शिक्षकबाट १४ हजार घुस लिएका थिए ।

उनले नपाएको ओहोदा पाए भनी अरुलाई विश्वासमा पारी बदनियतपूर्वक आफूले गैरकानूनी तवरबाट फाइदा लिने मनसायले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिनियर प्रहरी अधिकृत भएको प्रचार गर्दै फेसबुकमा राख्ने र धक्याउने गरेको पाइएको पनि अख्तियारको आरोप पत्रका उल्लेख छ ।
घुस लिने सजाय अन्र्तगत तीन महिना कैद र विगो जरिवाना तथा नपाएको ओहदा पाएके भन्नेलाई एक वर्षदेखि दुई वर्षसम्म कैद सजाय र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।

Womui
Womui