विप्लव नेकपा राजनीतिक दल होइनः प्रधानमन्त्री

126

छिनछिन खबर
विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तिबन्ध लगाउँदा रुवाबासी गनुैपर्ने कुनै कारण नरहेको बताएका छन् । आइतवार विराटनगर पुगेका ओलीले विप्लव नेतृत्वको नेकपालाई झुण्डको संज्ञा समेत दिए । ‘विप्लव समुह आधिकारिक रुपमा कही पनि दर्ता छैन, दर्ता नभएको संस्था विधिवत हुँदैन’ ओलीले पत्रकारहरूसँग भने, ‘यो झुण्ड हो, झुण्डलाई सरकारले चिन्दैन ।’

प्रधानमन्त्री ओली विप्लव नेतृत्वको नेकपा राजनीतिक दल नभएको टिप्पनी पनि गरेका छन् । संगठितरुपमा बिध्वंसात्मक गतिविधिमा लागेको झुण्ड भएको बताए । विप्लवसँग वार्ता गर्न दलका नेताहरुले दिएको सुझावप्रति पनि प्रधानमन्त्री ओलीले आक्रोश पोखे । उनले विप्लव समुहसँग वार्ता गर्न सरकारले यसअघि वार्ता टोली बनाएको स्मरण गरे । तर उनीहरुले नै वार्ता गर्न अस्वीकार गरेको ओलीले बताए । ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ?

Womui
Womui