यसरी हुने भयो नेकपा जिल्ला नेतृत्व चयन, पूर्व एमालेबाट ५७ र माओवादीबाट ४३ प्रतिशत भागबन्डा

21

छिनछिन खबर
काठमाडौं–लामो समयको अन्योलतपछि सत्तारुढ दल नेकपाले जिल्ला नेतृत्वको प्रस्ताव तयार गरेको छ । पार्टी एकीकरण भएको १० महिनासम्म गुटगत झमेलाका कारण जिल्ला नेतृत्व तय हुन सकेको थिएन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्ला नेतृत्व चयनका लागि प्रस्ताव तयार पारेका हुन् । दुई अध्यक्षले पूर्व एमालेबाट ५७ र पूर्व माओवादीबाट ४३ प्रतिशत हुनेगरी जिल्ला नेतृत्व तय गरेका छन् । ७७ जिल्लामा अध्यक्ष र सचिवको सूचि तयार भइसकेको छ ।


पूर्व एमालले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादी पक्षले सचिव पाउनेछ भने पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेले सचिव पाउने भएको छ । महासचिव विष्णु पौडेलको परामर्समा दुई अध्यक्षले तयार पारेको प्रस्ताव आइतबार सचिवालय बैठकमा छलफल हुनेछ भने अन्तिम निर्णयका लागि स्थायी कमिटीमा लैजाने तयारी गरिएको छ । सचिवालयले पारित गरेपछि स्थायी कमिटीबाट अनुमोदन गरिनेछ ।

जिल्ला नेतृत्व टुंग्याउन नेकपामा निकै सकस परेको थियो । प्रदेश कमिटी गठन भएलगतै जिल्ला नेतृत्वको लागि सिफारिस मागिएको थियो । प्रदेशको सिफारिसका आधारमा नभई दुई अध्यक्षको तजबिजीमा जिल्ला नेतृत्व चयन गरिएको छ । जिल्ला नेतृत्व टुंग्याउन स्थायी कमिटीबाट कार्यदल बनाइएको थियो । कार्यदललाई काम गर्न नसकेको भन्दै बिघटन गरिएको थियो ।

Womui
Womui