बंगलादेशलाई हराएर नेपाल बन्यो समूह विजेता

41

छिनछिन खबर
काठमाडौं– पाँचौ महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल समूह ’ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले शनिबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–० गोलले पराजित गरेर समूह विजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो । पराजयसँगै बंगलादेश समूह उपविजेतामा सीमित बनेको छ । छैटौं मिनेटमा अग्रता लिएको थियो ।

बंगलादेशकी मासुरा प्रभिनले आफ्नै पोस्टमा गोल गरेपछि नेपालले अग्रता लिएको थियो। २३ मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारिन् । उनको यो २४ औं अन्तर्रा्ष्ट्रिय गोल हो । २८ मिनेटका नेपालले तेस्रो गोल ग‍¥यो । यसपटक सावित्राको पासमा मन्जली कुमारी योन्जनले नेपालका लागि तेस्रो गोल गरिन् । दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । नेपालले अघिल्लो खेलमा भुटानमाथि ३–० को जित निकालेको थियो। यस्तै बंगलादेशले पनि भुटानमाथि २–० को जित निकालेको थियो। त्यससँगै भुटान बाहिरिएको थियो भने नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनलमा पुगेका थिए ।
अब नेपालले सेमिफाइनलमा आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ ।

Womui
Womui