बासको महाधिवेशनबाट आठ बुदें नेपालगन्ज घोषणा पत्र जारी

98

नेपालगन्ज, चैत २-
आठ बुदें नेपालगन्ज घोषणा पत्र जारी गर्दै बागेश्वरी असल शासन क्लब (बास)को आठौं महाधिवेशन तथा भ्रष्टाचार बिरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलन नेपालगन्जमा सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्ण हरी बासकोटाले युवाहरुलाई भ्रष्टाचार विरुद्धको अभियानमा रोल मोडेल भएर काम गर्न अनुरोध गरे । युवाहरुलाई कसरी सकारात्मक काममा लगाउने भन्ने बिषयमा सरकारले योजना बनाएर जानु पर्नेमा उनको जोड थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले भ्रष्टाचार नियन्त्रण गर्न स्वयम् जनता जागरुक हुनु पर्ने बताए । उनले नेपालगन्ज उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउन लागि परेको बताए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सेभ द चिल्ड्रेनका बीरेन्द्र ठगुन्ना, एक्सन एड नेपाल नेपालगन्जका प्रमुख बिष्णुप्रसाद शर्मा, गैर सरकारी संस्था नेटवर्क बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका उप–महासचिब तारा रोकाया लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए ।

Womui
Womui