विप्लव नेकपाप्रति सरकार कठोर बन्दै, पोलिटब्युरो सदस्य कार्की पक्राउ

121

छिनछिन खबर
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका छन् । ललितपुरको बालकुमारीस्थित कोठाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी अर्ध भूमिगत अवस्थामा थिए । पक्राउ गर्न तीन जना हतियारसहित र दुई जना सादा पोशाकका प्रहरी आएको पारिवारिक स्रोतले बतायो । प्रहरीले लैजाने बेलामा मोहनले ‘म गृहमन्त्री रामबहादुर थापासँग कुरा गर्न चाहन्छु’ भनेका थिए। कार्कीलाई किड्नीको समस्या रहेको उनको परिवारले बताएको छ ।

Womui
Womui