‘पार्टीलाई चलायमान बनाउन महिलाको भुमिका महत्वपुर्ण’ : सभापति कोइराला

160

शम्शेरगन्ज(बाँके), फागुन २३-
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले पार्टीलाई चलायमान बनाउन महिलाहरुको भूमिका महत्वपुर्ण हुने बताएकी छन् । १०९ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार बाँकेको राप्तीसोनारी–८ शम्शेरगन्जमा आयोजित नेपाल महिला संघ, जनप्रतिनिधी र पार्टीको सम्बन्ध तथा महिला अधिकारबारे कानुनी ब्यवस्था सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रमुख अतिथी कोइरालाले महिला संघ पार्टीको बलियो खम्बा भएको उल्लेख गर्दै पार्टीको हरेक गतिविधीमा महिलाहरु अग्र पंक्तिमा उभिने गरेको बताईन् । ‘पार्टीलाई एक ढिक्का बनाउन महिला संघ लगायत सबै भातृ संगठनको आवश्यकता पर्छ,’ उनले भनिन् । पार्टीका गतिविधीलाई गाउँ–गाउँमा सक्रिय पार्न उपस्थित कार्यकर्तालाई सभापति कोइरालाले निर्देशन दिईन् ।

नेपाल महिला संघ क्षेत्र नम्बर १ की सभापति केशकुमारी ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, जिल्ला सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, उपसभापति टोपबहादुर खड्का, सचिव डिल्ली गिरी, जिल्ला सदस्य चिन्तामणि धिताल, महासमिति सदस्य हुर्मत न्यौपाने, महाधिवेशन प्रतिनिधी लिलमान परियार, पुर्वमहाधिवेशन प्रतिनिधी कृष्ण कार्की, नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका संयोजक भिम राना लगायतको उपस्थिती रहेको थियो । नेपाल महिला संघ, क्षेत्र नम्बर १ बाँकेले आयोजना गरेको उक्त कार्यक्रममा अधिवक्ताद्धय बलबहादुर चन्द र प्रभाकर भट्टराईले प्रशिक्षण दिएका थिए ।

Womui
Womui