छात्रा क्रिकेट : एबिसी र मोडेल एकेडेमी विजयी

114

नेपालगन्ज, फागुन २३-
नेपालगन्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा एबिसी रेसिडेन्टल मावि र नेपालगन्ज मोडेल एकेडेमी विजयी भएका छन् । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको बिहीबार पहिलो खेलमा शान्ती बिद्या निकेतनले प्रतियोगितामा भाग नलिएपछि एबिसी रेसिडेण्टल वाक ओभरका आधारमा विजयी भयो । प्रतियोगिताको दोस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमी १ सय १९ रनले विजयी भएको छ ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको नेपालगन्ज मोडेलले १२ ओभरमा १ सय ५७ रन वनाएको थियो । उसका लागि स्वातिका बजगाईले ८०, स्वातिका के.सीले ३६, र सुस्मिता बजगाईले ३० रनको पारी खेले । होपका निर्मला देउवाले १ विकेट लिए । जवाफी व्याटिङमा आएको होपले १२ ओभरमा मात्र ३८ रन मात्र बनाउन सक्यो । उसका लागि भारती थापाले ७ रन बनाउनु बाहेक अरुले राम्रो प्रदशन गर्न सकेनन् । मोडेलका बलर स्वास्तिका बजगाई र सुस्मिता बजगाइले समान २ र २ विकेट लिइन् ।

खेलमा स्वस्तिका ओमेन अफ दि म्याच घोषित भईन । प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ । प्रतियोगितामा शुक्रबार शान्ती होलिल्याड मावि र धम्बोझी मावि तथा आर्दश र वेष्ट जोन मावि बीच खेल हुने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

Womui
Womui