‘राष्ट्रिय स्वाभिमान यात्रा’ टोलीलाई ठाउँ-ठाउँमा ‘भब्य स्वागत’

42

नेपालगन्ज, फागुन २३-
हिन्दु राष्ट्रको नारा घन्काउँदै जब राष्ट्रिय स्वाभिमान यात्रा टोली बाँके प्रवेश गर्यो, त्यसपछि सर्बसाधारणहरु सडकमा पुगेर भव्य रुपले स्वागत गरे । टोलीमा सहभागी भएर आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहितका केन्द्रिय नेतालाई उपस्थित कार्यकर्ता र सर्बसाधारणले स्वागत गरेका थिए । राप्रपाले यही फागुन १५ गते ताप्लेजुङको पाथीभारा मन्दिरबाट यात्रा सुरु गरेको थियो ।

स्वाभिमान यात्रा ९ औं दिनपछि बिहीबार बाँके आईपुगेको हो । राप्रपा अध्यक्ष थापासहितका नेतालाई पार्टीका नेता एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा लगायत नेता, कार्यकर्ताले बाँके र दाङको सिमा क्षेत्रमा पुगेर स्वागत गरेका थिए । त्यसपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगन्जमा आयोजित कोण सभालाई राप्रपा अध्यक्ष थापाले सम्बोधन गरेका थिए । सो क्रममा उनले देशमा हिन्दु राष्ट्र र राजसंस्था फर्किने संकेत देखिसकेको बताए ।

हिन्दु राष्ट्र कायम गराउनकै लागि राष्ट्रिय स्वाभिमान यात्रा थालिएको उनले प्रष्ट्याए । बाँकेमा कोण सभा पश्चात स्वाभिमान यात्रा सुर्खेत प्रस्थान गरेको छ । राप्रपाले बिहीबार नै सुर्खेतको छिन्चु र बीरेन्द्रनगरमा कोणसभा गरेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताए । उनका अनुसार शुक्रबार उक्त यात्रा सुर्खेतबाट शुक्रबार सिधैं कञ्चनपुर प्रस्थान गर्नेछ । उनले भने, ‘कञ्चनपुरबाट फर्केर धनगढी, अत्तरिया हुदै टिकापुरमा पुग्ने कार्यक्रम तय भएको छ ।’

Womui
Womui