प्रादेशिक महोत्सव सुरु : नेपालगन्जलाई समृद्ध बनाउन जोड

30

नेपालगन्ज, फागुन १९-
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आइतबारबाट “प्रादेशिक महोत्सव–२०७५ सुरु भएको छ । फाल्गुण २९ गतेसम्म सन्चालन हुने महोत्सवको भब्य समारोहकाबीच बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद समेत रहेका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले समृद्धि बाँकेको यात्रा शुरु भएको उद्घोष गर्दै भने,‘अबका केही वर्षमा ७६ जिल्लाले बाँकेबाट विकास के हो भन्ने कुरा सिकेर जान्छन् । विकास र समृद्धिमय बाँके बन्छ ।’ मन्त्री राईले जाती,धर्म, सम्प्रदायको संरक्षण हुने तर त्यसैका नाममा राजनीतिक गरेर नेपालगन्जलाई मनोवैज्ञानिक रुपमा विभाजन गर्ने दिन गएको बताए ।

बाँकेमा अब समृद्धिका कुरा मात्र हुने मन्त्री राईको भनाई थियो । समुद्घाटन समारोहमा बोल्दै प्रदेश नम्बर ५ को कृषी मन्त्री आरती पौडेलले बाँके जिल्लाको समृद्धिलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताईन । उनले प्रदेश सरकारले पनि बाँकेलाई बिशेषरुपले गरेको जानकारी दिईन । प्रादेशिक महोत्सवको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले जिल्लाको समृद्धिका कुरा गरे । महोत्सव जिल्लाको विकासको बिषयमा मन्थन गर्ने मन्च बन्न पुग्यो । प्रदेश राजधानीको बिषयमा गर्मार्मी बहस नै भयो । बोल्ने बक्ताहरुले बुटवल प्रदेशको राजधानी अनुपयुक्त भएको बताउँदै उपयुक्त ठाउँमा राजधानी हुनुपर्ने जोडदार माग गरे । नत्र विकल्प खोज्नेसम्मको चेतावनी दिए ।
प्रतिनिधी सभाका सांसद महेश्वर गहतराज अथकले बाँकेको समृद्धिका लागि केन्द्रलाई जगाउने काम भइरहेको बताए । राँझा बिमानस्थलाई क्षेत्रीय बिमानस्थल बनाउने, नेपालगन्ज बिश्व बिद्यालयको बिधेय व्युताउने बिषयमा छलफल भइरहेको उनले जानकारी दिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा, नेपाल उद्योग वाणिजय महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनीधि तिवारी, नेपाली काँग्रेसका जिल्ला सभापति किरण कोइराला, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु लगायतले जिल्लाको समृद्धिको बिषयमा बोलेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका थिए । महोत्सव शुरु हुन अघि बिहान नेपालगन्जमा बिशाल झाँकी निकालिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय त्रिभुवनचोकबाट शुरु भएको झाँकी महोत्सव स्थलमा पुगेर समापन भएको थियो । वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगतको वर्षझै यसपटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विघा जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गरिएको अध्यक्ष बैश्यले बताए । महोत्सवमा तीन सय बढि स्टल रहने छन् । स्थानीय र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।

Womui
Womui