निर्माणाधीन सिचाईं योजनामा मन्त्री बोहराको अनुगमन, निर्माणमा ढिलाई नगर्न निर्देशन

160

छिनछिन खबर
डडेल्धुरा,फागुन १९ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले निर्माणाधीन मनसुता सिचाई योजनाको स्थलगत अनुगमन गरेका छन्।

शनिबार डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेली मनसुता खोलामा निर्माणाधीन रहेको मनसुता सिचाई योजनाको स्थलगत अनुगम गरेका हुन्। उक्त गत वर्ष आर्थिक २०७४÷०७५ मा सुरु भएको हो।तत्काली क्षेत्रीय निर्देशनालयबाट स्कृत भई सञ्चालन भएको योजनाको अहिले ७० प्रतिशत भौतिक प्रगति भएको जल स्रोत तथा सिचाई विकास डिभिजन डडेल्धुराका प्रमुख मेगराज अवस्थीले जानकारी दिए।

उक्त योजना समयमै सम्पन्न गर्न निमार्णको जिम्मा पाएको भुवनेश्वरी निमार्ण सेवालाई मन्त्री बोहराले निर्देशन दिएका छन्।योजनाको जम्मा स्टमेट १ करोड ३३ लाख भएपनि ठेक्कातर्फ ६० लाख ७८ हजार, उपभोक्त तर्फ ६५ लाख ८२ हजार, ठेकाघटेर ४९ लाख १६ हजारमा सम्झौता भएको भुवनेश्वरी निमार्ण सेवाले जनाएको छ।उक्त योजनाले ३ गाउँ गौनेला, डुङरी र वलीगाउँका करिब २२ हेक्टर जग्गालाई सिचाई पुग्ने छ। साविको कोटेली गाविसमा पाँच ट्रङकी निमार्ण २ सय ५० घरधुरी लाभान्वित हुने जनाएको छ।

सिचाई योजनाको म्याद एक पटक थप गरिएको र यो आर्थिक वर्षमा काम सम्पन्न गर्नु पर्ने भएपनि स्टमेट भन्दा बढी रकम आवश्यक भएपछि १० लाख थप बजेट माग गरिएको जनाएको छ।सिचाई योजनाको मुख्य मुहानमा दुई खोलाको दुभान भएकाले पानीको मात्र पनि बढी हुने भएपनि पाईपलाई विछ्याउन भिरै भिरभएकाले समस्या रहेको जल स्रोत तथा सिचाई विकास डिभिजन डडेल्धुराका प्रमुख अवस्थीले बताए।

Womui
Womui