तीन दिन पानी पर्ने सम्भावना छ–मौसामविद्

311

छिनछिन खबर
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशभरको मौसममा वदली हुने जनाएको छ ।


महाशाखाका अनुसार मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार आइतबार काठमाडौंसहित देशका अधिकांश जसो स्थानमा पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यस्तै सोमबार र मंगलबार पनि देशको अधिकांश स्थानको मौसाम बदली भइ पानी पर्ने सम्भावना रहेको अर्यालले बताए ।

Womui
Womui