पेट्रोलियम पदार्थ सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली आउँदै

45

छिनछिन खबर
काठमाडौं– नेपालमा भएको पेट्रोलियम पदार्थ सम्भाव्यताको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । चीन भ्रमणमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ भौगर्भिक सर्वेक्षणका अधिकारीबीच सोही विषयमा सम्झौता भएको छ । दुई देशका अधिकारीबीच बेइजिङमा यस विषयमा सम्झौता भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । यस विषयमा दुई देशबीच तीन वर्षअघि प्रारम्भिक चरणको सहमति भए पनि त्यसले मूर्त रूप लिन भने सकेको थिएन ।

केपी ओली पहिलो पटक प्रधानमन्त्रीको हैसियतमा भएको चीन भ्रमणमा सम्भाव्यता अध्ययनको सहमति भएको थियो । सहमतिअनुरूप चिनियाँ वाणिज्य मन्त्रालयको एक टोलीले नेपालको दैलेख श्रीस्थानमा पेट्रोलियम पदार्थ सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका लागि तत्कालीन सरकारले नेपालको तराई र शिवालिक क्षेत्रलाई १० भागमा विभाजन गरेको थियो । नेपाल भ्रमणमा आएको चिनियाँ वाणिज्य मन्त्रालयको टोलीले नेपालगन्ज, चितवन, मुस्ताङ, मोरङ, चतरा, चुरे क्षेत्र र पाल्पामा पनि अध्ययन गरेको थियो । आगामी एक महिनाभित्र चिनियाँ टोली नेपाल आउने बताएकाले यो पटक भएको सम्झौता कार्यान्वयन हुने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा चिनियाँ टोलीले पाल्पा, दैलेख, सुर्खेतलगायत ठाउँको भ्रमण गर्ने विभागले जनाएको छ ।

Womui
Womui