भरतमोहनको पार्थिव शरीर पार्टी कार्यालयमा

133

छिनछिन खबर
काठमाडौं– पूर्वअर्थमन्त्री तथा कम्युनिस्ट नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई नेकपाको केन्द्रीय कार्यालय राखिएको छ । अधिकारीको शनिवार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । अधिकारीको पार्थिव शरीरमा पार्टी नेता कार्यकर्ता तथा शुभेच्छुकले श्रद्धाञ्जलि दिइरहेका छन् ।

बालुवाटारमा जारी नेकपाको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले पनि राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम छ । अधिकारीको आजै पशुपतिमा दाहसंस्कार गर्ने कार्यक्रम छ । उनी नेपालमा वृद्धभत्ता उपलब्ध गराउने नेताको रुपमा परिचित छन् ।

Womui
Womui