मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा, नेताहरूको जमघट

58

छिनछिन खबर
काठमाडौं–हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुडिखेलमा राखिएको छ । श्रद्धान्जलीका लागि सबै शव टिचिङ अस्पतालबाट टुँडिखेल ल्याइएको हो ।

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, हेलिकप्टर पाइलट प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभाया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालको निधन भएको थियो । उनीहरूको शव हिजै श्रद्धाञ्जलीका लागि टुडिखेलमा राखिने कार्यक्रम तय भए पनि डिएनएबाट शव पहिचान गर्ने समय लाग्ने भएपछि ार्यक्रम आजलाई सारिएको हो ।

उनीहरूलाई ११ बजेसम्म श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिनेछ । त्यसपछि अन्तिम दाहसंस्कारका लागि परिवारलाई जिम्मा दिइनेछ । टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतले श्रद्धाञ्जली दिनेछन् । मन्त्री अधिकारीको शव गृह जिल्ला कास्की र अन्यको दाहसंस्कार काठमाडौंमै हुने बताइएको छ ।

Womui
Womui