नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको आइसिसी वरियतामा सुधार, तीन नेपाली खेलाडी वरियतामा पर्न सफल

108

छिनछिन खबर
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित ३ खेलडी वरियताको माथिल्लो स्थानमा पुगेका छन् ।

आइसिसीले सार्वजनिक गरेको टी–ट्वान्टी वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औं स्थानमा उक्लिएका छन् । ७६ अंक पाएका कप्तान पारसको यो करियरकै उच्च वरियता हो । उनले दुई स्थान सुधार गरेका हुन् । अघिल्लो महिना पारस ४० औं स्थानमा रहेका थिए । अलराउण्डरमा कप्तान पारस भारतका रोहित शर्मा भन्दा अघि रहेका छन् । रोहित ४० औं स्थानमा छन् ।

यस्तै कप्तान पारस ब्याटिङतर्फ दुई स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । अघिल्लो महिना पारस ९२ औं स्थानमा थिए । यस्तै अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५० औं स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१ औं स्थानमा रहेका थिए । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन् । समान ४०९ अंक पाएका दुवै खेलाडी यथावत रहन सफल भए ।

Womui
Womui