पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन तीन नेता पोखरा जाने

110

छिनछिन खबर
काठमाडौं, फागुन १७ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी पोखरामा जानेछन् ।

त्यस्तै नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ । अधिकारीको अन्त्यष्टि गर्नुअघि गौतम पोखरेल र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् । अब केहीबेरमा मन्त्री अधिकारीको शव पोखरा लगिने छ ।

Womui
Womui