डिएनए परीक्षण गर्नुपर्ने भएकाले टुँडिखेलको श्रद्धान्जली सभा शुक्रबारलाई स¥यो, बिहान ८ बजे हुने

23

छिनछिन खबर
काठमाडौं–हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव परीक्षण गर्न समय लाग्ने टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार सारिएको छ ।

यसअघि आजै उक्त कार्यक्रम गर्ने भनिएको थियो । सेनाको हेलिकप्टरमार्फत बिहीबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ । ती शवको पोष्टमार्टम गर्न करिब १० घण्टा लाग्ने चिकित्सकले बताएपछि श्रद्धान्जली कार्यक्रम सारिएको हो ।

शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार शवको पहिचान नभएकालेले शवको डिएनएका समय लाग्ने भएको हो । ताप्लेजुङको सिस्नेभीरमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

Womui
Womui