पाथीभारा छाड्ने बेलाको अन्तिम यो तस्बिर…

40

छिनछिन खबर
काठमाडौं– तेह्रथुमको चुहानडाँडामा निर्माणाधीन विमानस्थल अवलोकन गर्न गएको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले काठमाडौं फर्कने क्रममा ताप्लेजुङको पाथीभारा मन्दिर दर्शन गर्ने निर्णय गरेको थियो ।

एयर डाइनेस्टीको हेलिकप्टरमा मन्त्री अधिकारसहित सात जना सवार थिए । पाथीभारा नजिकै पर्ने भएकाले दर्शन गर्न सबै सहमत भए । पाथीभाराको दर्शन उडेको एक मिनेटमै हेलिकप्टर दुर्घटनमा प¥यो । हेलिकप्टरमा सवार सबै सातै जनाको निधन भयो ।

उक्त हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भयो । मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरण इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको दुर्घटनाम निधन भयो ।

हेलिकप्टर  चढ्नु अघि मन्त्री अधिकारीलाई पाथीभारा मन्दिरका पुजारी फलारी बाबाले आर्शिवाद दिएका थिए । बाबासँगै खिचेको मन्त्री अधिकारीको तस्बिर नै अन्तिम हुन पुग्यो ।

Womui
Womui