मन्त्री अधिकारीसहित सबै मृतकको शव श्रद्धान्जलीका टुँडिखेलमा

110

छिनछिन खबर
काठमाडौं–हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै मृतकको शव श्रद्धान्जलीका लागि  सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपा केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धान्जलीका लागि पार्थिव शरीर सैनिक मञ्चमा राखिने उल्लेख छ ।

यसअघि पोष्टमार्टमपछि मन्त्री अधिकारीको शव धुमव्रराहीस्थित नेकपाको कार्यालयमा लिएर झण्डा ओडाउने भनिएको थियो । अब शवलाई टिचिङ अस्पतालको पोष्टमार्टमपछि सिधै टुँडिखेल राखिनेछ । मन्त्री अधिकारीको अन्त्येष्टि भने शुक्रबार गृह जिल्ला कास्कीमा हुनेछ ।

Womui
Womui