पाँच हजार बढी उपभोक्ता सञ्चार सुविधाबाट बञ्चित

62

अज्ञात समुहद्धारा टेलिकमको टावरमा आगजनी

रोल्पा, फागुन १६-
अज्ञात समुहले नेपाल टेलिकमको टावरमा आगजनी गरिदिदाँ रोल्पा सुलिचौर क्षेत्रका ५ हजारभन्दा बढी उपभोक्ता सञ्चार सुविधाबाट बञ्चित भएका छन् । रोल्पास्थित सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ सुलिचौरमा रहेको टेलिकमको टावरमा गत शुक्रबार राती पौने १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो । आगजनी पश्चात उक्त टावरमार्फत प्रवाह भईरहेको ल्याण्डलाईन टेलिफोन, लिज लाईन, एडिएसएल, टु जी र थ्रि जी सेवा ठप्प भएको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जका प्राविधिक प्रमुख शिव खनालले जानकारी दिए । आगजनीबाट करिव डेढ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए । ‘टावर र टावरको माथी जडान गरिएका उपकरण बाहेक तल राखिएका सबै उपकरण ध्वस्त भएका छन्,’ उनले भने ‘टेलिकमको टावरमाा आगजनी कस्ले र किन गर्यो ? यस विषयमा अहिलेसम्म केही खुलेको छैन ।’

रोल्पाको सुलिचौरमा रहेको नेपाल टेलिकमको क्षतिग्रस्त टावर ।
तस्बिर सौजन्य : नेपाल टेलिकम

अवरुद्ध सेवा सुचारु गर्न कम्तिमा दुई हप्ता लाग्न सक्ने प्राविधिक प्रमुख खनालले जानकारी दिए । ‘टेलिकमको उक्त टावरसँग जोडिएका पाँच हजारभन्दा बढी उपभोक्ता अहिले सञ्चार सुविधाबाट बञ्चित भईरहेका छन्,’ खनालले भने ‘चाडोभन्दा चाडो सेवा सुचारु गर्न हामी लागिरहेका छौं ।’ टेलिकमले स्थानीय सामुदायिक वन उपभोक्ता समुहको जग्गामा करिव १० वर्ष अगाडी उक्त स्थानमा टावर खडा गरेको थियो । तर, उक्त टावर कुनैपनि सुरक्षाकर्मीको निगरानीमा थिएन् ।

एनसेल टावरभन्दा करिव डेढसय मिटरको दुरिमा रहेको टेलिकमको उक्त टावरमा आगजनी गर्नुको रहस्य अहिलेसम्म खुलेको छैन । तर, स्थानीय बासिन्दाले एनसेलको टावर भएको शंकामा उक्त समुहले झुक्किएर टेलिकमको टावरमा आगजनी गरेको हुनसक्ने अनुमान गरेका छन् । सोही रात मुलुकका विभिन्न जिल्लामा रहेका एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको थियो । निर्देशनालयले साविक मध्यपश्चिमका जिल्लामा सेवा दिदै आएको छ । मध्यपश्चिम क्षेत्रमा टेलिकमका करिव ३ सय स्थानबाट उपभोक्ताले सञ्चार सुविधा पाईरहेको निर्देशनालयले जनाएको छ ।
नागरिक पश्चिमेलीबाट

Womui
Womui