हेलिकप्टर दुर्घटनामा मुत्यु भएका सातै जनाका शव काठमाडौं ल्याइयो, मन्त्री अधिकारी र अंगरक्षकबाहेक अरु शव पहिचान हुन सकेन

56

छिनछिन खबर
काठमाडौं– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मयामको तारेभिरमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका सातै जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाले हेलिकप्टरबाट शव काठमाडौं ल्याएको हो । ती शवमध्ये पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र उनका अंगरक्षक अर्जुनकुमार घिमिरेबाहेक अन्य पाँचको शव पहिचान हुन सकेको छैन ।

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक अर्जुज घिमिरे, पर्यटन ब्यवसायी आङछिरिङ्ग शेर्पा, नागरिक उड्डयन प्रधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, नागरिक उड्डयन प्रधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उप–सचिव युवराज दाहाल र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) सञ्जय सिंह थापाका अनुसार पाँच वटा शव पूरै जलेकाले पहिचान हुन नसकेको हो । ती शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ । मृतकहरुको सनाखत (शव पहिचान) र पोष्टमार्टम भएपछि मात्र अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइने बताइएको छ । मन्त्री अधिकारको शवलाई धुम्व्राराहीस्थित नेकपाको पार्टी कार्यालयमा श्रद्धान्जलीका राखिनेछ र शुक्रबार गृह जिल्ला कास्कीमा दाहसंस्कार गरिनेछ ।

Womui
Womui