पाकिस्तानले भन्यो–छलफलबाट समस्या समाधान गरौं

31

एजेन्सी
इस्लामावाद–दुई देशबीच सैन्य तनाव बढिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ताका लागि प्रस्ताव गरेका छन् । टेलिभिजन सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भने, ’पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे।त्यसलाई झारिदियौं । पाइलट हामीसँग छन् ।

म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ ।’ उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने बताएका छन् । ’यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ’, उनले भने, ’हामी बसौँ र कुरा गरौं ।’

प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए । उनले भने, ’प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन । हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं ।

भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले ’जिम्मेवार र संयमु कदम चाल्ने बताएकी छन् । चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, ‘भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन ।’

Womui
Womui