क्षेत्रीय खेलकुदको कार्यशैलीप्रति राष्ट्रिय तेक्वान्दो संघ असन्तुष्ट

119

नेपालगन्ज, फागुन १६-
क्षेत्रीय खेलकुद विकास समितिले क्षेत्राधिकार विपरित छनोट प्रतियोगिता गराएको भन्दै राष्ट्रिय तेक्वान्दो संघ नेपाल बाँकेले ध्यानार्कषण भएको जनाएको छ । संघका अध्यक्ष दलबहादुर बिकले बुधबार एक विज्ञप्ती जारी गर्दै खारेज नगरिए चरणवद्ध आन्दोलन गरी तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघबीच विवाद छ । विवाद समाधान नभए सम्म तेक्वान्दो खेल छनोट नगर्न र नगराउन राखेपबाट निर्देशन भएपनि क्षेत्रीय खेलकुद विकास समितिले जिल्लाको अधिकार मिचेर प्रतियोगिता गराएको विज्ञप्तीमा उल्लेख छ ।

Womui
Womui