अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा, शुक्रबार दाहसंस्कार गरिने

16

छिनछिन खबर
काठमाडौं– हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा गरिने भएको छ ।

कास्की क्षेत्र नं २ बाट संघीय संसद्का लागि विजयी अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा २०२६ सालमा जन्मिएका हुन् । आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ।

गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।

Womui
Womui