प्रतिकुल मौसमले प्रादेशिक महोत्सव प्रभावित, तीन दिन पछाडी सारियो

77

नेपालगन्ज, फागुन १५-
प्रतिकुल मौसमका कारण प्रादेशिक महोत्सव–२०७५ ३ दिन पछाडी सरेको छ । प्रादेशिक महोत्सव अब फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहीबारबाट फाल्गुण २६ गतेसम्म गर्ने तयारी थियो । तयारी अन्तिम चरणमा पुगेका बेला बुधबार बिहानदेखि नेपालगन्जमा लगातार पानी परेपछि महोत्सव तीन दिन पछि सार्नुपरेको अध्यक्ष बैश्यले बताए । महोत्सव सरेपनि सम्पूर्ण कार्यक्रम भने यथावत रहेका छन् ।

बुधबार संघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बैश्यले सारिएको तीन दिनमा थप तयारी गरी महोत्सवलाई भब्य बनाउने जानकारी दिए । नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले महोत्सव सफल पार्नका लागि सबैसँग सहयोगको अपिल गरे । संघले २०५७ सालदेखि मेला तथा महोत्सव आयोजना गर्दै आएको छ । नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विघा जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोगार्थ यस पटक महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधिन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पुर्याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

Womui
Womui