ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः शव ल्याउन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले पठायो थप हेलिकप्टर

101

छिनछिन खबर
काठमाडौं,फागुन १५ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले हेलिकप्टर दुर्घटनामा निधन भएकालाई राजधानी ल्याउनका लागि त्यसतर्फ थप हेलिकप्टर पठाइएको जनाएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दुर्घटनाको उद्धारका लागि राजधानीबाट एयर डाइनेस्टिक र सिम्रिक एयरलाईन्सको हेलिकप्टर त्यसतर्फ गएको जानकारी गराएका हुन् ।

साथै नेपाली सेनाको दुई हेलिकप्टर पनि त्यसतर्फ जाँदै गरको उनले जानकारी दिए । उनका अनुसार प्रहरीले सातै जनाको शव फेला परेको जनाएको छ । उनले पौने १२ बजे पाथिभराको क्षेत्रमा हेलिकप्टरले रिपोर्ट गरेको र पौने १ बजे सुकेटार टावरलाई भारी हिमपात भएको र उड्न नसक्ने जानकारी गराएको उनले जानकारी गराए । त्यसपछि उडेको हेलिकप्टर केही बेरमा नै सिस्नेखोलामा दुर्घटनाग्रस्त भएको उनले जानकारी दिए ।

मौसमको प्रतिकुलताको साथै दुर्घटनाग्रस्थस्थल विकट ठाउँ भएकाले उद्धारका लागि समस्या भएको विमानस्थलले जनाएको छ । दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको छ ।

Womui
Womui