हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने पाइलट केसी को हुन?

35

छिनछिन खबर
काठमाडौं,फागुन १५ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ।

फुङलिङ नगरपालिका(१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।दुर्घटनाग्रस्त हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाइरहेका थिए। पाइलट केसी काठमडौं ताहचल निवासी हुन्। उनी ५ वर्ष अगाडि मात्रै एभिएयसन क्षेत्रमा प्रवेश गरेका थिए। उनले साढै ३ वर्ष अगाडि देखि हेलिकोप्टर उडान गर्दै आएका थिए।

उनका परिवारमा बुबा प्रह्लाद केसी, आमा र एक दाजु दिवाकर कुमार केसीसमेत छन्। दाजु दिवाकर भने दुबईमा रहेको एयर डाइनेस्टिक कम्पनीका एक प्रतिनिधिले जनकारी दिए।उनी युवा भएपनि अनुभवी पाइलट भएको सिम्रिक एयरलायन्समा बजार व्यवस्थापक प्रज्जल थापा बताउँछन्।

Womui
Womui