पूर्व आयुक्त राजनारायण पाठक अख्तियारको अनुसन्धान दायरामा

153

छिनछिन खबर
काठमाडौं– घुस विवादमा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट राजीनामा दिएका आयोगले नै पाठकमाथि अनुसन्धान थालेको हो । पाठकमाथि अनुसन्धानका लागि ३ सदस्यीय छानबिन समिति गठन गरिएको आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले जानकारी दिए ।


घिमिरेका अनुसार पाठकमाथि अनुसन्धान गर्न आयोगका वरिष्ठ सहसचिवको संयोजकत्वमा ३ सदस्य रहेको समिति गठन गरेर अनुसन्धान थालिएको छ । ‘पछिल्लो घटनाका सम्बन्धमा आयोगले वरिष्ठ सहसचिवको संयोजक्तवमा ३ जनाको अनुसन्धान समिति बनाएको छ,’ प्रमुख आयुक्त घिमिरेले भने, ‘समितिले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । केही दिन अगाडि मात्रै त्यसका केही प्रमाणहरु फेला परेका थिए ।

उक्त प्रमाणलाई स्क्रिप्टमा रुपान्तरण गर्ने काम भइरहेको छ ।’ प्रमुख आयुक्त घिमिरेले केही दिनमा नै पाठक प्रकरणबारे सार्थक परिणाम निस्किने घिमिरेले जानकारी दिए । नेपाल इन्जिनियरिङ कलेजको जग्गा मिलाउने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको र थप रकम माग गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

Womui
Womui