पाकिस्तान फुटबल खेल्न नेपाल नआउने

118

छिनछिनखबर
काठमाडौं–यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । यसअघि सार्वजनिक भएको खेल तालिकाको समूह ‘ए’मा रहेको पाकिस्तानले नखेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि आज एन्फाले खेल तालिका परिवर्तन गरेको छ । समूह ‘ए’मा अब नेपाल, भूटान र बङ्गलादेशले मात्र प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।


सार्वजनिक गरिएको नयाँ खेल तालिकाअनुसार नेपालले उद्घाटन खेल यही फागुन २८ मा भूटानसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा आगामी चैत २ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुनेछन् । रासस

Womui
Womui