बंगला विमान अपहरण गर्न खोज्ने मारिए

155

एजेन्सी– बाङ्लादेशमा विमान अपहरणको प्रयास भएको छ । अपरहण गर्न खोज्ने व्यक्ति सुरक्षा कारबाहीबाट मारिएका छन् ।

राजधानी ढाकाबाट चटगाउँ उडेको विमान अपहरणको प्रयास भएको थियो । सुरुमा ढाकाबाट चटगाउँ र त्यहाँबाट दुबईका लागि उड्न लागेको बाङ्लादेशको ध्वजावाहक विमान एअरलाइन्सको विमान अपहरणको प्रयास भएको हो । विमानमा सवार एक व्यक्तिले हतियार देखाएका थिए । उनले बंगलादेशकी प्रधानमन्त्रीसँग कुरा गर्न पाउनु पर्ने माग राखेका थिए ।

त्यसपछि चाकलले चटगाउँमा विमान अवतरण गराएका थिए । विमानबाट यात्रुलाई सुरक्षित रुपमा बाहिर निकालेपछि अपहरणकारीलाई नियन्त्रणमा लिइएको थियो । संगठित रुपमा विमान अपहरणको प्रयास नभएको र मानसिक रुपमा विक्षिप्त भएका मानिसबाट यस्तो घटना गराएको अधिकारीले जनाएका छन् ।

Womui
Womui