नेकपामा एकीकरण प्रक्रिया जटिल बन्दै, समानान्तर प्रतिवेदनप्रति ओलीको असन्तुष्टि

65

छिनछिन खबर
काठमाडौं– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया जटिल बन्ने क्रममा छ । नेकपाको सचिवालय बैठकले कार्यदल भंग गरेपछि झन् जटिल बनेको छ ।

त्यसपछि बहुमत सदस्यहरुले समानान्तर प्रतिवेदन तयार पारेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले भने समानान्तर प्रतिवेदनमा असन्तुष्टि जनाएका छन् । बहुमत सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग समानान्तर प्रतिवेदन बुझाउनका लागि समय मागे पनि दिएका छैनन् । शनिबार ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समय दिएनन् ।

रामबहादुर थापा नेतृत्वमा रहेको समितिले यसअघि बुझाएको प्रतिवेदन अपुरो रहेको भन्दै विवादित विषय समावेश गरेर समानान्तर प्रतिवेदन तयार पारिएको थियो । ९ सदस्य कार्यदलमा रहेका सदस्यहरुमध्ये योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले प्रतिवेदन तयार पारेका छन् ।

Womui
Womui