राप्रपाका १४ केन्द्रीय सदस्यसहित २२ नेताद्वारा पार्टी परित्याग

31

छिनछिन खबर
काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य छन् । बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायको महत्वपूर्ण जिम्मेवारीमा रहेको महामन्त्री जयन्त चन्दले बताए । चन्दले आफूसहितका २२ नेताले राप्रपा परित्यागको निर्णय लिएको बताए । उनले विगतदेखि नै तीन वटा राप्रपा एक हुनुपर्छ भन्ने प्रयास गरेको तर सफल हुन नसकेपछि परित्यागको निर्णय लिएको बताए ।

पार्टी परित्याग गर्नेमा महामन्त्री चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्कीलगायत छन् । उनीहरूले अब संयुक्त राप्रपामा प्रवेश गर्ने बताएका छन् । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन एकीकृत राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता भएर राप्रपा संयुक्त घोषणा भएको थियो । यी पार्टीबीच गत माघ १८ मा एकता घोषणा भएको थियो ।

Womui
Womui