कृषि खेती गरौं कि जस्तो लाग्छः प्रचण्ड

136

छिनछिन खबर
भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कृषि खेती गरौं कि जस्तो लाग्ने गरेको बताएका छन् । खासगरी देशको राजनीतिक परिस्थिति सुधार नहुँदा त्यस्तो लाग्ने गरेको उनको भनाइ छ ।

भक्तपुर तरकारी तथा फलफूल बजारको उदघाट्न गर्दै उनले राजनीतिक परिस्थिति हेरेर बडो दिक्क लाग्ने र यो सबै छोडेर आफैं खेती गर्न हिँडूँ कि जस्तो लाग्ने बताए । प्रचण्डले समृद्धिको यात्राको सबैभन्दा ठूलो आधार कृषिमा आधुनिकीकरण गर्नुपर्ने धारणा राखे ।

’नेपालमा जति प्राकृतिक स्रोत साधन अन्यत्र कतै छैन तर हामी नै गरिब छौं,’ उनले भने,‘त्यसैले अब हाम्रो सोचमा परिवर्तन आउन जरुरी छ । र, यसको नेतृत्व राज्यले गर्नुपर्छ’, उनले भने । जनताको मेहनत भने पर्याप्त भएको उनको भनाइ छ । कृषिमा नाम मात्रको बजेट राख्ने गरेको उल्लेख गर्दै उनले भने, ’अब त्यसलाई बदल्नुछ । अहिले पार्टी र सरकारमा पनि यो छलफल गम्भीर रुपमा गर्दैछौं ।’कृषिमा आधारित उद्योगहरुको विकास तथा लगानी वृद्धि गर्न जरुरी रहेको उनको भनाइ छ ।

Womui
Womui