असाममा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

113

छिनछिन खबर
काठमाडौं– भारतको असाम राज्यमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सख्या एक सय नाघेको छ । विषाक्त मदिरा सेवनबाट दुई सय भन्दा बढी अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये धेरै महिला रहेको र उनीहरू आसामको चिया बगानमा काम गर्ने मजदुर रहेको त्यहाँको प्रहरीले जनाएको छ । असामको गोलाघाट र जोरहाट जिल्लाका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए । गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको गोलघाटका प्रहरी अधिकारीले बताए । असाम राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ ।

Womui
Womui