सांसद उत्तरकुमार ओलीको बागरखोलामा अन्तिम दाहसंस्कार, जनसागर उर्लियो

112

छिनछिन खबर
दाङ– सवारी दुर्घटनामा घाइतेपछि उपचारको क्रममा मृत्यु भएका सांसद उत्तरकुमार ओलीको गृहजिल्ला दाङमा अन्तिम दाहसंस्कार गरिएको छ । ओली दाङ क्षेत्र नं ३ (ख) बाट विजयी प्रदेश नं ५ का प्रदेशसभा सांसद थिए ।

शुक्रवार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । ओलीको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्ती, नेकपा सचेतक शान्ता चौधरीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

अन्त्यष्टीमा शोक मन्तव्य व्यक्त गर्दै प्रदेश नं–५ का मुख्यमन्त्री पोख्रेलले ओलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताए । उनले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै ओलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पु¥याउने बताए । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले ओलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताए ।

गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद ओली चढेको कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । उनका श्रीमती र दुई छोरा छन् । उनी २०४१ सालमा जन्मिएका थिए । उनको पार्थिव शरीरलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री तथा विभिन्न नेता तथा कार्यकर्ताले शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए । शुक्रबार नै हेलिकप्टरमार्फत उनको पार्थिव शरीरलाई गृह जिल्ला दाङ ल्याइएको थियो ।

Womui
Womui